सत्ता संकटमा पर्दा साथ दिने यी नेताहरुको गुन तिरेरै छाड्ने ओलीको तयारी, दौरा सुरुवालको समेत तयारी Nepalpatra सत्ता संकटमा पर्दा साथ दिने यी नेताहरुको गुन तिरेरै छाड्ने ओलीको तयारी, दौरा सुरुवालको समेत तयारी
१५ माघ २०७७, बिहिबार

सत्ता संकटमा पर्दा साथ दिने यी नेताहरुको गुन तिरेरै छाड्ने ओलीको तयारी


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, असोज १२ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटाउन छलफल जारी रहेको छ । सोमबार बिहान साढे ११ बजे अध्यक्ष प्रचण्ड ओलीसँगको छलफलका लागि बालुवाटार पुगेका हुन् ।

ओलीले सत्ता संकटमा पर्दा साथ दिने नेताहरुको गुन तिरेरै छाड्ने भएका छन्। ओलीले यसपटक ती नेताहरुलाई पुरस्कृत गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार ओलीलाई साथ दिने पूर्व माओवादी नेताहरुलाई मन्त्री बन्ने पक्कापक्की जस्तै भएको छ । मन्त्री पदको सफथ ग्रहणको लागि कतिपयले दौरा सुरुवाल ठिक्क पारेका छन् ।

ओलीलाई साथ दिने पूर्व माओवादी नेताहरुमा टोपबहादुर रायमाझी र जर्नादन शर्मा मन्त्री बन्ने पक्कापक्की जस्तै भएको छ । वामदेव गौतम, पम्फा भुसाल, भीम रावल, देवेन्द्र पौडेल जस्ता नेताहरुलाई ओलीले मन्त्री बनाउने तयारीमा छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !