१२ बैशाख २०८१, बुधबार

सत्ता संकटमा पर्दा साथ दिने यी नेताहरुको गुन तिरेरै छाड्ने ओलीको तयारी


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, असोज १२ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटाउन छलफल जारी रहेको छ । सोमबार बिहान साढे ११ बजे अध्यक्ष प्रचण्ड ओलीसँगको छलफलका लागि बालुवाटार पुगेका हुन् ।

ओलीले सत्ता संकटमा पर्दा साथ दिने नेताहरुको गुन तिरेरै छाड्ने भएका छन्। ओलीले यसपटक ती नेताहरुलाई पुरस्कृत गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार ओलीलाई साथ दिने पूर्व माओवादी नेताहरुलाई मन्त्री बन्ने पक्कापक्की जस्तै भएको छ । मन्त्री पदको सफथ ग्रहणको लागि कतिपयले दौरा सुरुवाल ठिक्क पारेका छन् ।

ओलीलाई साथ दिने पूर्व माओवादी नेताहरुमा टोपबहादुर रायमाझी र जर्नादन शर्मा मन्त्री बन्ने पक्कापक्की जस्तै भएको छ । वामदेव गौतम, पम्फा भुसाल, भीम रावल, देवेन्द्र पौडेल जस्ता नेताहरुलाई ओलीले मन्त्री बनाउने तयारीमा छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !