१४ बैशाख २०८१, शुक्रबार

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता


प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ, असोज ८ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । आज बिहान साढे ११ बजे अध्यक्षद्वयबीच २ घण्टाभन्दा लामो छलफल चलेको हो ।

छलफलमा मन्त्रिमण्डल पुनर्गठन र संवैधानिक नियुक्तिको बारेमा कुराकानी भएको स्रोतले बताएको छ । केही दिनअघि बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन्, संवैधानिक नियुक्ति, पार्टी एकताका काम लगायत कामहरू सहमतिमा अघि बढाउने निर्णय भएको थियो ।

केही दिनभित्रै मन्त्रिमण्डल हेरफेर हुने भएको छ । सोही विषयमा केन्द्रीत भई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको छ । गत आइतबारको नेकपाको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनगर्ठन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिमण्डलका आधा जसो मन्त्रीहरु हेरफेर हुने सम्भावना छ । हटाउने र नयाँ नियुक्त हुने मन्त्रिहरुबारे दुई अध्यक्षबीच छलफल भएको हो । यस्तै, आजै साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !