१४ बैशाख २०८१, शुक्रबार

मन्त्रीमण्डल पुर्नगठनमा ओली प्रधानमन्त्री अलमल गर्नुका कारणहरु


केपी शर्मा ओली

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनको विषयलाई त्यतिकै थाती राख्ने भएका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्ने हल्ला चलेपनि अहिलेसम्म ओलीले गर्न सकेका छैनन् । तर ओलीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई आर्थिक सल्लाहकारमा नियुक्ति गर्नु भनेको युवराजलाई नै अघोषित अर्थमन्त्रालयको जिम्मा दिनु हो । युवराज आर्थिक सल्लाहकार नियुक्त हुनु भनेको उनी नै छायाँ अर्थमन्त्री हुनु हो ।

अर्थमन्त्रालयमा बामदेव गौतम, विष्णु पौडेल र सुरेन्द्र पाण्डेको समेत दाबी थियो । बामदेवको व्यवस्थापन सजिलो छैन । उनलाई व्यवस्थापन गर्दा ईश्वर पोखरेल र बादललगायत असन्तुष्ट हुनसक्छन् । त्यो भन्दा अहिलेलाई आलटाल गर्दै मन्त्रीमण्डल पुर्नगठनको समय धकेल्दै लाने रणनीति बालुवाटारको देखिदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !