काठमाडौँ, भदौ ३० । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले मन्त्री सरहको सेवा सुविधा पाउने गरी खतिवडालाई प्रधानमन्त्री ओलीको आर्थिक विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज मंगलबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
राष्ट्रियसभा सदस्य कार्यकाल भदौ २० मा सकिनुअघि नै खतिवडाले भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उनको ठाउँमा सरकारले वामदेव गौतमलाई मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस समेत गरिसकिएको छ ।
यो पनि पढ्नुहोस्
खतिवडा अर्थमन्त्रीवाट बिदाइ भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा
प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : अझ शक्तिशाली बनाउँदै नयाँ भूमिका दिदै
खतिवडा अर्थमन्त्रीवाट बिदाइ भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा
क्याबिनेटमा वामदेव गौतम र युवराज खतिवडाको चर्चा परिचर्चा हुँदै
म प्रधानमन्त्रीको सल्लाहकार भए भने सबै मन्त्रीहरुलाई तह लगाईदिन्छु : युवराज खतिवडा
राष्ट्रपतिद्वारा खतिवडाको राजीनामा स्वीकृत, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्री ओलीले नै सम्हाल्ने