७ बैशाख २०८१, शुक्रबार

क्याबिनेटमा वामदेव गौतम र युवराज खतिवडाको चर्चा परिचर्चा हुँदै


वामदेव गौतम र डा. युवराज खतिवडा

काठमाडौं, भदौ २९ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम र निबर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको बारेमा चर्चा परिचर्चा हुने बुझिएको छ । स्रोतका अनुसार आज साँझ ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त सांसदमा मनोनितको लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने र खतिवडालाई प्रधानमन्त्रीको इच्छा अनुसार कुनै जिम्मेवारी दिने बारेमा निर्णय हुने सम्भावना देखिएको छ ।

क्याबिनेटमा वामदेवको सम्भावित चर्चा परिचर्चा

गत फागुन १४ गते र यही भदौ १८ गतेको नेकपा सचिवालय बैठकका निर्णय सम्भवतः आज बस्ने क्याबिनेट बैठकमा एजेण्डा बन्ने सम्भावना बढेको छ । प्रतिनिधि सभाको निर्वाचन हारेका बामदेव गौतमलाई नेकपा सचिवालयले राष्ट्रिय सभामा लैजाने गरेको निर्णय र उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुने गौतमले गरेको दावीलाई लिएर सामाजिक संजाल र राजनीतिक वृतमा नेकपा र गौतमको सर्वत्र आलोचना भएको छ ।

प्रधानमन्त्री ओली बामदेव गौतमलाई तडप्याएर राख्ने अनि सामाजिक रुपमा आलोचित बनाएर राष्ट्रियसभामा गौतमलाई नजाने स्थित पुर्याउने रणनीतिमा भएको अनुमान गर्न सकिन्छ किनभने गौतमलाई अडान नभएको नेताको रुपमा हेरिन्छ । यसभन्दा अघि पनि गौतमले प्रतिनिधि सभामा जान अनेक जस्केला प्रयोग गर्न खोजेपनि जनताले गरेको चर्को आलोचनाले पछि हटेका थिए ।

प्रधानमन्त्री ओलीले अरू केही दिन गौतमको सिफारिस स्थगन गरेका हुन किनकी तत्काल गौतमलाई राष्ट्रियसभा सदस्य बनाउँदा प्रधानमन्त्रीलाई कुनै फाइदा नभएकोले रोक्दा बार्गेनिङका लागि थुप्रै मौकाहरू आउन सक्ने राजनीतिक विश्लेषकहरु बताउछन् । उपाध्यक्ष गौतम र सचिवालय सदस्य रामबहादुर थापाका कारण कहिले बहुमत र कहिले अल्पमतमा पर्दै आएका ओलीले यो समय गौतमलाई सम्पूर्ण रूपमा आफ्नो पक्षमा ल्याउने रणनीतिक अवसरका रूपमा पनि लिएका छन् ।

उपाध्यक्ष गौतम पनि सरकारमै जाने तयारीसहित राष्ट्रियसभा सदस्य बन्न लागेकाले उनी सरकारमा जाँदा प्रधानमन्त्री ओली झन् अप्ठ्यारोमा पर्ने देखिएको छ किनभने गौतमले रक्षा, गृह, अर्थ, भौतिक जस्ता महत्त्वपूर्ण मन्त्रालयमा आँखा लगाएकाले उनको व्यवस्थापन गर्दा आफ्नै समीकरण भित्रका मन्त्रीलाई बिदाई गर्नुपर्ने भएकोले यस बारेमा निर्णय गर्न अलिक केहि समय प्रधानमन्त्रीलाई लागेको हो । अहिले प्रधानमन्त्री ओली पर्ख र हेरको अवस्थामा छन् । प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवैतिरको हिसाबकिताब गरेर मात्रै आगामी कदम चाल्ने स्थितिमा भएको देखिन्छ ।

क्याबिनेटमा खतिवडाको सम्भावित चर्चा परिचर्चा

प्रधानमन्त्री ओलीले हिजो आइतबार साँझ अर्थमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेको पर्सिपल्ट बालुवाटारमा उद्योगी व्यवसायीहरुलाई बालुवाटारमा बोलाए । प्रधानमन्त्रीले बोलाएको भेलामा राजीनामा दिइसकेका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा समेत उपस्थित थिए । प्रधानमन्त्री ओलीले आइतबार साँझ डा. खतिवडालाई पनि साथैमा राखेर ठूला उद्योगी-व्यवसायीका ३ वटा संगठनका प्रतिनिधिहरुका कुरा सुन्नुको साथै खतिवडाको आगामी भूमिकाका सम्बन्धमा पनि प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरुलाई नयाँ सूचना दिएको बुझिएको छ ।

साथै आज बस्ने मन्त्रिपरिषद् बैठकमा निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई समेत नयाँ जिम्मेवारी दिइने सम्भावना पनि उत्तिकै देखिएको आंकलन गर्न सकिन्छ । तर खतिवडाको बारेमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बाहेक बालुवाटारको किचेन क्याबिनेटका अन्य सदस्यहरु नेपालमै कुनै जिम्मेवारी दिन अनिच्छुक देखिएकाले बैठकले यसै गर्ला भन्न नसकिने स्थिति पनि सिर्जना हुनसक्ने पनि प्रशस्तै सम्भावना पनि रहेको छ ।

प्रधानमन्त्री जसरी पनि खतिवडालाई अर्थ मन्त्रालयको काम हेर्न मिल्ने गरी जिम्मेवारी दिने लगाउने पक्षमा देखिएका छन् । त्यसैले गर्दा प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय आफैसँग राखी डा. खतिवडालाई सल्लाहकारका रुपमा राखेर चलाउन योजनामा रहेको बुझिएको छ ।

खतिवडालाई नै अर्थमन्त्री बनाउने उपायबारे पनि ओलीले छलफल गरेको बुझिएको छ । यसका लागि उनले कानुनी परामर्श समेत गरेका छन् । अर्थमन्त्रीमा खतिवडा रहन संविधान बाधक भएपनि उनैलाई छायाँ अर्थमन्त्री राखेर चलाएर ओलीले देखाउने बुझिएको पनि छ ।

बामदेव गौतमलाई उचालेर अर्थमन्त्रीको जिम्मेवारीबाट रातारात हटाउन बाध्य बनाउनेमा बालुवाटार किचेन क्याबिनेटका प्रभावशाली ३ जना कमरेडहरूको हात रहेको खतिवडाको बुझाई रहेको छ । आफ्नो अनौपचारिक अभिव्यक्ति सान्त्वना दिएका निकटस्थले नै बालुवाटार पुर्याएपछि खतिवडाले मनस्थिति बदलेको आँकलन गरिएको छ । तर हिजोदेखि झण्डाबिना उनको चाहना बालुवाटारमा भन्दा सात समुन्द्रपारीको जिम्मेवारी राजदुततिर ढल्किएको पनि बताइन्छ ।

यो पनि पढ्नुहोस्

उपप्रधानमन्त्री पद ताकेका बामदेवलाई अर्को चटारो, उपप्रधानमन्त्री बन्ने सपना पुरा होला त ?

प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : अझ शक्तिशाली बनाउँदै नयाँ भूमिका दिदै

ओली वामदेवलाई तड्पाउदै : वामदेव ओलीको प्रतिक्षामा

वामदेवलाई महाधिवेशनबाट अध्यक्ष बनाउने ओलीको अर्को उधारो प्रस्ताव !

खतिवडा अर्थमन्त्रीवाट बिदाइ भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !