७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा खतिवडाको राजीनामा स्वीकृत, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्री ओलीले नै सम्हाल्ने


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, भदौ १९ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट डा. युवराज खतिवडाले दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छिन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने भएका छन् ।

मौजुदा मन्त्रिपरिषद्का सदस्य डा. खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी जनाएको छ ।

राष्ट्रपतिद्वारा खतिवडाको राजीनामा स्वीकृत, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्री ओलीले नै सम्हाल्ने

यो पनि पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले राजिनामा दिएपछि अवको नयाँ अर्थमन्त्री को ?

अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा

तत्काल मन्‍त्रिपरिषद् पुनर्गठन हुँदैन, ढुक्कले काम गर्नुस् : प्रधानमन्‍त्री ओली

अन्तत: अर्थमन्त्री खतिवडाले दिने भए राजीनामा

खतिवडा अर्थमन्त्रीवाट बिदाइ भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा

बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक जारी, वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !