१४ बैशाख २०८१, शुक्रबार

एमसीसी विरोधी भीम रावललाई ओलीले बनाउलान त उपप्रधानमन्त्री ?


भीम रावल

२७ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले एमसीसी पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् । नेता रावललेआफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन लागिपरेका दलाल भएको आरोपसमेत लगाएका छन् ।

आज रावलले ट्वीटरमा लेखेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् । यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।’

नेकपाको स्थायी कमिटीको बैठकले पनि एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !