१४ बैशाख २०८१, शुक्रबार

अन्ततः निर्वाचन आयोगले दर्ता गर्‍यो नेकपा एमाले नाममा नयाँ पार्टी, को छन् त अध्यक्ष ?


Election-Commission-Nepal

३ भदौ, काठमाडौं । अन्ततः निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्पन्न भएपछि गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो ।

प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोपसमेत लगाएका थिए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !