४ जेष्ठ २०८१, शुक्रबार

देउवासहित अन्य नेताहरुलाई कमल थापाको प्रश्न: विपीको विचारको हत्या कसले गर्यो ?


कमल थापा फाइल फोटो

काठमाडौं, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस शीर्ष नेताहरूले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् । सुनिल बहादुर थापा राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्दा आयोजित कार्यक्रममा कांग्रेस नेताहरुले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भएको अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष थापाले कांग्रेस नेताहरुलाई कम्युनिष्ट बलियो बनाउने काम कसले गर्‍यो ? भन्ने उल्टै प्रश्न गरेका छन् । थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,’@Online_khabar शिर्षक-“कंग्रेस नेताको एउटै स्वर:कम्युनिष्टबाट प्रजातन्त्र खतरा” कंग्रेस नेतालाई मेरो प्रश्न: कम्युनिष्ट बलियो बनाउने काम कसले गर्‍यो?१२बुंदे सम्झौता कसले गर्‍यो?४७सालको संविधान कसले जलायो?राजा र जनताबिच एकता नभए कम्युनिष्ट बढछ भन्ने बिपी बिचारको हत्या कसले गर्‍यो?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !