१३ पुस २०८१, शनिबार

सचिवालय बैठक लगत्तै ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा


ओली र प्रचण्ड राष्ट्रपति

काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहिबेर अघि सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक सकिएलगत्तै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएको स्रोतले बताएको छ ।

शनिबार दिउँसो ३:१० बजेदेखि साँझ ७ बजेसम्म बसेको सचिवालय बैठकमा पनि सहमति हुन नसकेपछि अध्यक्षद्वय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवलाय बैठक बसेको थियो ।

नेकपामा सत्ता संघर्षको विवाद चरम विन्दुमा छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले दुबै पदबाट राजीनामा दिन दबाब दिरहेको छ । प्रधानमन्त्री ओली भने आफू दुबै पदबाट राजीनामा नदिने अडान राख्दै अएका छन् ।

नेकपाभित्र देखिएको विवाद समाधान हुन नसक्दा लगातार बैठक बसिरहेका छन् । स्थायी कमिटी बैठक लगातार स्थगित गरेर आज सचिवालय बैठक बसेको हो।

आजको बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार भोलि ३ बजे स्थायी कमिटीको पूर्वनिर्धारित बैठक बस्नेछ ।

यो पनि पढ्नुहोस्

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

बालुवाटारमा नेकपा सचिवालय बैठकअघि ओली-प्रचण्ड छलफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !