७ बैशाख २०८१, शुक्रबार

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी


नेकपा सचिवालय बैठक

काठमाडौं, साउन ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । उनका अनुसार उक्त बैठक दिउसो ३:१० बजेदेखि शुरु भएको हो ।

आज बसिरहेको उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका ९ जना नै सदस्यहरु सहभागी भएका छन् । सचिवालय बैंठक अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता समेत भएको थियो ।

हिजो शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफलपछि आज साउन ३ गते सचिवालय बैठक बोलाउने सहमति भएको थियो । दुई अध्यक्षको छलफलले स्थायी कमिटी बैठक साउन ४ गते बोलाउने र त्यसअघि सचिवालय समितिको बैठक बस्ने सहमति भएको थियो ।

नेकपाले आन्तरिक विवादमा सहमति खोज्ने प्रयासस्वरुप स्थायी कमिटी बैठक रोकेर शनिबार सचिवालय बैठक बेलाएको हो । तर सचिवालय बैठकका एजेण्डा के हुन् भन्नेकुरा अहिलेसम्म कुनै पनि नेताहरुलाई जानकारी गराइएको छैन । पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने बुझिएको छ ।

केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफल पनि निष्कर्षमा पुग्न सकेको छैन ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्‍ने बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा नेकपा सचिवालय बैठकअघि ओली-प्रचण्ड छलफल

नेकपा सचिवालय बैठक आज ३ बजे बस्दै

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक पर्सि असार ४ गते बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !