५ जेष्ठ २०८१, शनिबार

“१० वर्षभित्र नेपालीको वार्षिक आय ५००० डलर”, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’


prachanda

कात्तिक २१, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा गएको बताएका छन् । उक्त गठबन्धनको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाइ अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।
उनले आगामी दुई, पाँच र १० वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागतरुपमा राखिएको बताउँदै आगामी १० वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पुर्यााउने घोषणापत्रमा उल्लेख भएको बताए । उनले अधिकारसम्पन्न स्थानीय तह बनाउने तथा राजधानी उपत्यकाका लागि एकीकृत सहरकारुपमा विकास गर्ने योजना अघि सारिएको र राजधानी आसपासका जिल्लालाई उपसहरमा विकास गरिने बताए ।
पूर्वप्रधानमन्त्री दाहालले भने–‘आमजनताले छिटोभन्दा छिटो आर्थिक गतिविधिले गति लिन सकोस् र रोजगारीका अवसरमा सिर्जना होस् भन्ने चाहेका छन् । हामीले त्यही भावनालाई अभिव्यक्त गरेका छौं ।’ उनले आफूहरु कसैकाविरुद्ध गाली–गलौजमा नउत्रने बताउँदै ‘विचार मिल्ने अन्य पक्ष पनि ध्रुवीकृत हुनसक्ने र यसबाट नै मुलुकले राजनीतिक भुमरीबाट मुक्ति पाउनसक्छ’–भने । उनले आफूहरुको ‘गठबन्धनको विरोधमा नेपाली कांग्रेस तल्लोस्तरको गाली–गलौज र भ्रामक प्रचारमा उत्रिएपनि’ आफूहरुले त्यस्तो नगर्ने स्पस्ट गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !