१४ बैशाख २०८१, शुक्रबार

ओली-प्रचण्डबीच सहमति हुन सकेन, छलफललाई निरन्तरता दिइने


ओली-प्रचण्ड बीच बालुवाटारमा भएको छलफल

काठमाडौं, असार २४ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बुधवार भएको छलफल सकिएको छ । यद्यपि आजको बार्ता पनि विना निष्कर्ष टुंगिएकोले कुनै सहमित हुन् नसकी टुंगिएकोले छलफललाई निरन्तरता दिइने भएको छ ।

केहीबेर समयअघि सकिएको दुई अध्यक्षबीचको छलफल २ घण्टा चलेपनि के विषयमा कुराकानी भयो र सहमति भयो वा भएन भन्नेबारे जानकारी बाहिर आएको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षहरू बीच केहिबेर अघि सकिएको छलफलमा पार्टीमा जारी गतिरोध अन्त्य र स्थायी कमिटिका लागि सहमति जुटाउने प्रयास गर्ने ठानिएको थियो ।

आज भएको छलफलमा सहमतिमा पुग्ने आशा गरिएको थियो । दुई अध्यक्षबीच आज बिहान टेलिफोन मार्फत् कुराकानी भएपछि बैठक स्थगित भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएर बैठक भोलि असार २६ गते शुक्रवार बिहान ११ बजे बस्ने भएको छ ।

दुई अध्यक्षबीच सहमति नभएसम्म स्थायी समिति बैठक स्थगित गर्न दुवै पक्षका नेताहरूले दबाव दिएका छन् । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !