२१ बैशाख २०८१, शुक्रबार

ओलीले भने-चुनावपछि सार्कलाई सक्रिय बनाउछौं, कतै ढल्किदैनौं


kp-oli

कार्तिक २१, काठमाडौँ | एमाले र माओवादीले आफूहरुले चुनाव जिते दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई पुनः सक्रिय बनाउने बताएका छन् । साथै दुबै छिमेकीसँग सुमधुर सम्बन्ध राख्ने बताएका छन् । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि वाम गठबन्धनको घोषणापत्र सार्वजनिकपछि एमाले अध्यक्ष केपी ओलीले अहिले सार्क अफ्ठ्यारोमा रहेको बताए । सार्क अध्यक्ष भएर पनि नेपालले भूमिका खेल्न नसकेको बताउँदै उनले भने, निर्वाचनपछि यसलाई सक्रिय बनाउँछौं । तनाव हटाउने र समझदारी बढाउने मञ्च का रुपमा पुनः सदुपयोग गछौं ।’
भारत र पाकिस्तान विवादका कारण इस्लामावादमा हुने भनिएको सार्क सम्मेलन हुन सकेन । भारतले सार्कको सट्टा विमस्टेकलाई बढी महत्व दिएको छ । एमाले अध्यक्ष ओलीले सार्क अध्यक्षको हैसियतले जे भूमिका खेल्नु पर्ने हो खेल्न नसकेको बताए । ‘हामी एउटा पक्षमा वा अर्काको पक्ष होइन, शान्तिको पक्षमा छौं । सम्वादमार्फत समस्या समाधानको पक्षमा छौं’ उनले भने ।
उनले वाम गठबन्धनले भारत र चीन दुबैसँग सन्तुलित छिमेक सम्वन्ध राख्ने बताए । ‘हाम्रो विकासका लागि कतैतिर ढल्कदैनौं’ ओलीले भने । भारत र चीनसँगको सम्वन्ध कसैले क्षणिक स्वार्थका लागि विर्गान चाहे पनि नसक्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !