२१ बैशाख २०८१, शुक्रबार

वामदेव गौतम र सन्जय गौतम वीच कडा प्रतिस्प्रर्धा


वामदेव गौतम र सन्जय गौतम

बर्दिया, कार्तिक २१ । बर्दिया क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट एमालेका उपाध्यक्ष वामदेव गौतम र नेपाली कांग्रेसका तर्फबाट सिचाई मन्त्री सन्जय गौतम वीच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ । सन्जय गौतम ३ पटक नेपाली काँग्रेस जिल्ला पार्टी सभापति भई सकेको र जिल्लामा राम्रो पकड भएका नेता हुनुहुन्छ । वाम गठबन्धन बलियो देखिदा देखिदै पनि वामदेव गौतम केहि कारणले कमजोर हुदैछन । वामदेव गौतमले विगतमा बर्दिया जिल्लालाई छोडेर प्युठान जिल्ला रोजेका कारण स्थानीय तहमा उनको निकै आलोचना भईरहेको छ ।

बर्दिया जिल्लाले वामदेव गौतमलाई धेरै पटक निवार्चित गरायो, बर्दियाली जनताले दिएको मतले उनी उपप्रधान तथा गृहमन्त्री समेत भए, उनै वामदेव हुन जसले बर्दियाको माया मारेर आफ्नो जन्मस्थान प्युठान जिल्ला रोजे, फेरि अहिले आएर बर्दियाबाट चुनाव लड्दैछन, प्युठान जिल्लालाई छोडिदिए । जन्मस्थलमा फर्किएका नेतालाई प्युठानबासीले पनि स्वागत नै गरे, राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने नेता भएकाले मतदाताको पनि उनीप्रति सहानुभुति रह्यो ।

प्युठान जिल्लाबासीका सामु गौतमले ३४ बुदे विकासका प्रतिबद्घता पनि सार्वजनिक गरेका थिए । निर्वाचन जितेर उनी गृह तथा उपप्रधानमन्त्री पनि भए । अहिले फेरी उनले प्युठान छोडेर बर्दिया रोजे । आज प्युठानवासी रुष्ट छन, यता वर्दियाली पनि । वामदेव कमजोर हुने अर्को पक्ष, उनका प्रतिदन्धी सिचाई मन्त्री सन्जयकुमार गौतमले मन्त्री भएको छोटो समयमा राम्रा काम गरेर देखाई दिनु पनि हो ।

सिचाई मन्त्री गौतमले  मन्त्री भएको दोस्रो महिनामै बर्दिया जिल्लामा ‘जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको कार्यालय’खोल्न सफल भए । अव जिल्लामा नदि-नालाले पार्ने असर लाई व्यवस्थापन गर्न जिल्लाबाटै सकिनेछ । सिचाई मन्त्री गौतमले संविधानसभाको निर्वाचनमा निर्वाचित भई आफुले पाएको सुविधा स्थानिय जनतालाई नै खर्च गरे । बर्दिया जिल्ला कांग्रेसका सभापति समेत रहेका सिचाई मन्त्री गौतम, शालिन स्वभावका नेता मानिन्छन । स्थानिय जनतासँग छिट्टै घुलमिल हुनसक्ने मन्त्री गौतमप्रतिको जनलहर बढ्दो छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !