१४ बैशाख २०८१, शुक्रबार

६ जना नेताको हस्ताक्षरसहित गोजीमा बोकेर प्रचण्डले ओलीको राजीनामा मागेपछि…


नेकपा स्थायी समिति बैठक फाइल फोटो

काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोटको गोजीमा पार्टीका छ जना नेताहरुको प्रतिवद्धतासहितको हस्ताक्षर बोकेर राजीनामा मागेपछि ओली संकटमा परेका छन् । आजको स्थायी कमिटि बैठकमा प्रचण्डले सिधै पार्टीभित्र बहुसंख्यक सचिवालय र स्थायी कमिटि सदस्यहरुले राजीनामा मागेको स्पष्ट पारे ।

प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको प्रतिवद्धतासहितको हस्ताक्षर बोकेर बोलेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !