१५ बैशाख २०८१, शनिबार

गायिका इन्दिरा जोशीले यसरी गरिन् इन्गेजमेन्ट (फोटो फिचर)


इन्दिरा जोशी इन्गेजमेन्ट

काठमाडौँ । ‘नेपालकी शकिरा’ नामले चिनिने गायिका इन्दिरा जोशीले हेलिकप्टरमा खुम्बु पुगेर ‘फिल्मी शैली’मा इन्गेजमेन्ट गरेकी छन् । नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी गायिका जोशी र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको हो ।

क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले इन्दिराको हातमा औ‌ठी लगाउँदै गरेको भिडिओ सार्वजनिक भएको हो । सार्वजनिक भएको उक्त भिडिओमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शरदले इन्दिरालाई औठी लगाउँदै गरेको प्रष्ट रुपमा देख्न सकिन्छ ।

क्याप्टेन थापाले टिकटकमा भिडिओ राख्दै इन्दिरा र शरदलाई नयाँ उज्वल भविष्यको कामना समेत दिएका छन् । केही समयअघि उनले फेसबुकमा लेखेकी छन्, उसले सोध्यो, ‘के तिमी मसंग बिहे गर्छौ ? र मैले हुन्छ भने ! म तिमीलाई माया गर्छु शरद केडिया ! मलाई तिम्रो मायासंग हरेक दिन नुहाउनको लागि अवसर दिएकोमा धन्यवाद ! शरद केडिया ! मेरो स्टार ।’
इन्दिरा जोशी इन्गेजमेन्टइन्दिरा जोशी इन्गेजमेन्टइन्दिरा जोशी इन्गेजमेन्टइन्दिरा जोशी इन्गेजमेन्टइन्दिरा जोशी इन्गेजमेन्टइन्दिरा जोशी इन्गेजमेन्ट

तस्वीर सौजन्य : इन्दिरा जोशीको फेसबुकवाट

यो पनि पढ्नुहोस्

हेलिकप्टरमा खुम्बु पुगेर इन्दिरा जोशीले गरिन् ‘फिल्मी शैली’मा इन्गेजमेन्ट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !