१४ बैशाख २०८१, शुक्रबार

शीतल निवासमा प्रधानमन्त्री देउवाको सपथग्रहणमा जे देखियो (फोटो फिचर)


देउवाको सपथग्रहण समारोह

काठमाडौं । अन्तत: नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएका छन् । आज मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

नेपालको संविधान २०७२ को धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । भण्डारीले आज मंगलबार दिउसो नै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताका नाममा सपथ लिएका छन् । सर्वोच्च अदालतले हिजो सोमबार देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

सपथग्रहण समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

 देउवाको सपथग्रहण समारोह देउवाको सपथग्रहण समारोह देउवाको सपथग्रहण समारोह देउवाको सपथग्रहण समारोहदेउवाको सपथग्रहण देउवाको सपथग्रहण समारोह देउवाको सपथग्रहण समारोह देउवाको सपथग्रहण समारोहदेउवाको सपथग्रहण देउवाको सपथग्रहण देउवाको सपथग्रहण समारोह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु