२१ बैशाख २०८१, शुक्रबार

नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल २०२०’ को उपाधि (फोटो फिचर)


नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल २०२०’ को उपाधि

काठमाडौँ । ‘मिस नेपाल २०२०’ को उपाधि काठमाडौँकी २३ वर्षीया नम्रता श्रेष्ठले जितेकी छन् । हिडेन ट्रेजरले आज शनिबार राति होटल पार्क भिलेजमा आयोजना गरेको ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि जितेकी हुन् ।

मिस नेपालको २६ औं संस्करणमा श्रेष्ठले उपाधि हात पारेकी उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । किन्डरगार्डेन टिचर समेत रहेकी नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार नगद साथै कार्यालय प्रयोजनका लागि गाडी समेत पाउने भएकी छिन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वोर्ल्ड २०२१ मा प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनेछिन् ।

‘मिस नेपाल अर्थ’को उपाधि काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठले जितिन् भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्माले जितिन् । यस्तै ‘मिस नेपाल सुप्रानेसनल’ उपाधि काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले जितिन् । उनीहरु तीनै जनाले नगद २ लाख ५० हजार रुपैया पाएका छन् ।

यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकार लगायत ११ प्रकारका उपाधि समेत दिइएको थियो । ती पुरस्कारको राशि २५ हजार रुपैया रहेको छ ।

नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल २०२०’ को उपाधिनम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल २०२०’ को उपाधिमिस नेपाल २०२० नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल २०२०’नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल २०२०’ को उपाधि नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल २०२०’ को उपाधिनम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल २०२०’ को उपाधिनम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल २०२०’ को उपाधिनम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल २०२०’ को उपाधि

तस्वीर : प्रदीपराज वन्त, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !