१९ बैशाख २०८१, बुधबार

काँग्रेस बरिष्ट नेता पौडेल पुगे मानहुँकोट बिहानको सुर्योदय हेर्न (फोटो फिचर)


काँग्रेस बरिष्ट नेता पौडेल पुगे मानहुँकोट बिहानको सुर्योदय हेर्न

तनहुँ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेल आफ्नो गृहजिल्लामा अवस्थित पर्यटकीय स्थल तनहुँको मानहुँकोट डाँडामा बिहानको सुर्योदय हेर्न पुगेका छन् ।

पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको व्यास नगरपालिका-५ मानहुँकोटका कारण यतिबेला बिहानै त्यहाँ पुगेर सूर्योदय हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक मानहुँकोट पुग्ने गरेका छन् ।

यसैक्रममा नेता पौडेल पनि बिहानको सुर्योदय हेर्न मानहुँकोट पुगेका हुन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘तनहुँमा – दमौलीमाथि (दमौली बाट ८ किमि) मानुंग (मानहूँ) डाँडाबाट बिहानको सुर्योदय ! मानुंग जाने पूर्वाधार र त्यहाँ – Viewpoint को व्यवस्था गरिएपछि अहिले चर्चित गन्तव्यको रुपमा स्थापित भएको छ ।’
काँग्रेस बरिष्ट नेता पौडेल पुगे मानहुँकोट बिहानको सुर्योदय हेर्नकाँग्रेस बरिष्ट नेता पौडेल पुगे मानहुँकोट बिहानको सुर्योदय हेर्नकाँग्रेस बरिष्ट नेता पौडेल पुगे मानहुँकोट बिहानको सुर्योदय हेर्न

तस्वीर सौजन्य : रामचन्द्र पौडेलको फेसबुक पेज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !