२२ बैशाख २०८१, शनिबार

निर्वाचन अनुगमन संयन्त्र सक्रिय


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भएको वा नभएको निगरानी राख्न बनाइएको अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार आचारसंहिता अनुगमन गर्न केन्द्र, जिल्ला, निर्वाचन क्षेत्रदेखि स्थानीय तहसम्म अनुगमन संयन्त्र खडा गरेको आयोगले आचारसंहिताको पालनामा कडाइ गर्न संयन्त्रलाई सक्रिय तुल्याएको जानकारी दिएका हुन् ।

उनका अनुसार चारवटै संयन्त्रले आचारसंहिता पालनाको अनुगमन र कारबाही गर्न सक्नेछ। वैशाख लागेपछि मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त हुने भएकाले आयोगले अहिले त्यो अधिकार हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेको छ।

आयोगले आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा केन्द्रीयस्तरमा अनुगमन संयन्त्र खडा गरेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !