२० बैशाख २०८१, बिहिबार

६ वर्षमा ११ प्रहरीको हत्या, १४ सय १० जना घाइते


नेपाल प्रहरी

काठमाडौं । गत ६ चैतमा मोरङको लेटाङमा सर्वसाधारणले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो ।

१ साउन २०७६ देखि प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठ जसको सुरक्षाका लागि फिल्डमा खटिइन्, तिनै व्यक्तिको निशानामा परिन्। लेटाङ घटनाको १७ महिनाअघि पनि स्थानीयको आक्रमणबाट कैलालीको बिसुगार्ड गेटामा १ जना प्रहरीको मृत्यु भयो ।

२०७७ कात्तिकमा कैलालीको जुगडामा स्थानीयले धारिलो हतियार प्रयोग गरी प्रहरी जवान रामबहादुर साउदको हत्या गरे ।

श्रेष्ठ र साउद मात्र होइन, जनताको शान्ति सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी जनताबाटै असुरक्षित हुने क्रम बढ्दै गएको छ । प्रहरीको तथ्याङ्कअनुसार बितेका ६ वर्षमा मात्र ११ जना सुरक्षाकर्मीले सर्वसाधारणको आक्रमणबाट ज्यान गुमाए ।

२०७२ सालदेखि २०७८ चैत पहिलो सातासम्ममा ११ जना प्रहरीको हत्या भएको प्रहरी मुख्यालयको रेकर्डमा उल्लेख छ ।यो समाचार द नेपालपट दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !