१९ बैशाख २०८१, बुधबार

सम्झौता भएको छ वर्ष पूरा भइसक्दा पनि पारवहन सम्झौता कार्यान्वयनमा आएन


चीन र नेपाल

काठमाडौं । सम्झौता भएको छ वर्ष पूरा भइसक्दा पनि नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनमा आउन सकेको छैन ।

चीन हुँदै तेस्रो देशसँग व्यापार गर्न पाउने सुविधा समेटिएको उक्त सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा भए पनि नेपालले अहिलेसम्म त्यसको व्यावहारिक प्रयोग गर्न पाएको छैन ।

बरु कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै चीनसँगका मुख्य दुई भन्सार नाकाबाट चीनसँग नै सहज व्यापार हुन सकेको छैन ।

सम्झौताअनुसार नेपालले चीनका ल्हासा, लान्झाउ र सिगात्से गरी तीन सुक्खा बन्दरगाह र तियान्जेन, लियान्युन्झ्याङ, झाइजिङ र सेन्जेन गरी चारवटा सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउने प्रावधान छ तर नेपालले अहिलेसम्म यी कुनै पनि बन्दरगाहको प्रयोग गरेर तेस्रो देशसँग व्यापार भने गर्न सकेको छैन ।

नेपालले पहिलो पटक २०७२ चैत ८ गते चीनसँग यस्तो सम्झौता गरेको थियो । सम्झौता कार्यान्वयनका लागि २०७५ भदौ २२ मा दुई देशका सरकारी प्रतिनिधिबीच प्रोटोकल (कार्यविधि)मा सहमति भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !