४ जेष्ठ २०८१, शुक्रबार

चुनावी चटारो : प्रधानमन्त्री देउवा एकै दिन तीन जिल्लामा


शेरबहादुर देउवा

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सक्रियता बढाएसँगै राजनीतिक दल तथा दलका नेताहरूलाई चुनावी चटोरोले छोपेको छ ।

प्रमु्ख सत्तारुढ दल नेपाली कांग्रेससहितका सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित, राप्रपा, राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लगायतका दलहरू जिल्ला हुँदै गाउँ केन्द्रित बनेका छन् । केन्द्रीय तहमा रहेका शीर्ष नेतालाईसमेत जिल्ला जान भ्याइनभ्याइ छ ।

गाउँमा कांग्रेस

कांग्रेसले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै २९ फागुनदेखि २९ चैतसम्म सञ्चालन गर्ने गरी एक महिने निर्वाचन विशेष अभियान नै सुरु गरिसकेको छ । कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय कमाण्डर तोकेर ७५३ वटै स्थानीय तहमा खटाएको हो । कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रित अभियानलाई ‘घरघर जाऔं कांग्रेस जिताऔं’ नारा दिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !