२२ बैशाख २०८१, शनिबार

कोटामा एआईजी, हेडक्वार्टर असन्तुष्ट


प्रहरी प्रधान कार्यालय

काठमाडौं । गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ ।

गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन् ।

गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समिति बैठकले तीन नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रहरी महानिरीक्षक क्षत्री आफैं बढुवा समितिका सदस्य सचिव हुन् । उनले बढुवाको निर्णय हुँदै गर्दा नै अव्यावहारिक निर्णय भन्दै असन्तुष्टि जनाएको स्रोतले भनेको छ ।

गृह मन्त्रालयले डीआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

उनीहरूमध्ये केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत सिंहका नाममा भने असन्तुष्टि देखिएको छैन । उनी प्रहरी संगठनभित्र व्यावसायिक र स्वच्छ छविका प्रहरी अधिकारीमा गनिन्छन् । यो समाचार आजको राजधानी दैनिकमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !