२१ बैशाख २०८१, शुक्रबार

साउदी विदेशमन्त्री फैज नेपालमा


विद्यादेवी भण्डारी र फैसल बिन फहरान अल साउद lzi6frf/ e]6jftf{ sf7df8f}F, ! r}t M /fi6«klt ljBfb]jL e08f/L;Fu /fi6«klt sfof{no lztn lgjf;df dªunaf/ lzi6frf/ e]6jftf{ ub}{ ;fpbL c/a clw/fHosf ljb]zdGqL /fhs’df/ km};n lag kmx/fg cn ;fpb . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । दुईदिने नेपाल भ्रमण आएका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहना बिन साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेका छन् ।

राष्ट्रपति शीतल निवासमा भएको भेटमा नेपाल र साउदी अरेबियाको दुई पक्षीय सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । राष्ट्रपति भण्डारीले साउदी अरेबियाका विदेशमन्त्रीसँग दुई देशबीच रहीआएको सम्बन्ध अझै विस्तार गर्नुपर्नेमा जोड दिएको ढकालले बताए ।

त्यस्तै, मंगलबार दिउँसो नै साउदी विदेशमन्त्री फैजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । भेटका बेला दुई देशबीचको सम्बन्ध र विविध आयाम’bout छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई साउदी अरेबियाले दिँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए ।

साउदी विदेशमन्त्री फैजको उच्चस्तरीय भेटहरूमा नेपाल–साउदी अरेबिया द्विपक्षीय सहकार्यका विविध पक्ष’bout कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजकै दिन सन् १९७८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !