२२ बैशाख २०८१, शनिबार

स्क्यानर मेसिन बिग्रिएपछि वर्षौंदेखि प्रेस काउन्सिलमा रहेका अखबार टहरोमा


प्रेस काउन्सिल नेपाल

काठमाडौं । स्क्यानर मेसिन बिग्रिएपछि वर्षौंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ ।

डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् । अखबारको सुरक्षाका कुनै उपाय अपनाइएको छैन ।

कर्मचारीहरू ती अखबार भित्रभित्रै मुसाले खाएको हुनसक्ने बताउँछन् । सुरक्षाका लागि धेरै वर्षदेखि चासो नराख्दा जमिनको ओसले अखबार कुहिएको हुनसक्ने पनि अनुमान गरिएको छ ।

सुरक्षित राख्नुपर्ने अखबारका चाङमाथि बिग्रिएका फर्निचरसमेत मिल्क्याइएका छन् । अखबार भण्डार गरिएको अवस्था हेर्दा तिनको महत्व प्रेस काउन्सिलका कर्मचारीले नबुझेको प्रष्ट हुन्छ ।

प्रवक्ताको समेत जिम्मेवारी पाउनुभएका काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले भने, “स्क्यानर बिग्रिएको पाँच वर्ष भयो । त्यसपछि स्क्यानको काम ठप्प भयो । पत्रपत्रिकालाई डिजिटाइज गर्न नपाउँदा भण्डार गर्नुपरेको हो ।” त्यहाँ गोरखापत्रलगायत उपत्यकाबाट प्रकाशन हुने सबै दैनिक अखबारका साथै साप्ताहिक पत्रिका पनि राखिएका छन् । यो समाचारगोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !