२० बैशाख २०८१, बिहिबार

संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा


चोलेन्द्र शमसेर जबरा फाइल फोटो

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा विभिन्न संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्राथमिकतामा परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण १३ असोजदेखि बस्न नसकेको संवैधानिक इजलास गत शुक्रबारदेखि बस्न थालेसँगै रोकिएका मुद्दा सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संवैधानिक नियुक्ति प्रक्रियाविरुद्धको रिट सुुनवाइका लागि पटक–पटक संवैधानिक इजलास राख्न माग गर्दै आफूहरूले प्रधानन्यायाधीश जबरालाई आग्रह गर्दा पनि रोकिएको सो प्रक्रिया अब सुरु हुने विश्वास लागेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।

सो रिट प्रक्रिया अगाडि बढे पनि संवैधानिक इजलासबाट सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैं जोडिएको संवैधानिक नियुक्ति प्रक्रियाको मुद्दा संवैधानिक इजलास गठनमा आलटालले लामो समय सुनुवाइको प्रक्रिया अगाडि बढ्न सकेको थिएन । आजको राजधानी दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !