२२ बैशाख २०८१, शनिबार

१० वर्षमा बजेटको आकार कति ?


बजेट

काठमाडौं । केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ ।

आर्थिक वर्ष २०७०/०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२/०८० मा आइपुग्दा १८ खर्बको आसपास पुग्ने देखिएको छ ।

राष्ट्रिय योजना आयोगले १७ खर्ब ४४ अर्बको बजेट सिलिङ दिएसँगै बजेट निर्माण प्रक्रिया तीव्र अगाडि बढेको हो ।

सरकारको घट् दो बजेट खर्च क्षमताका बीच विगत एक दशकको बजेटको आकार हेर्ने हो भने हरेक वर्ष बजेटको आकार बढ्दै गएको छ ।

खर्च गर्न नसक्ने भए पनि सरकारले बजेटको आकार बढाउने तथा पुराना कार्यक्रम कार्यान्वयन नभए पनि नयाँ नयाँ आयोजना समावेश गर्ने प्रचलन यसपटक पनि दोहोरिने अर्थ मन्त्रालय स्रोतले जनायो ।  आजको कारोबार दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !