१४ बैशाख २०८१, शुक्रबार

नयाँ संसद् आउँदा तयार होला त भवन ?


नयाँ संसद्

काठमाडौं । संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच बर्से कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग गरिँदै आएको छ ।

व्यवस्थापिका राज्यको एउटा अभिन्न अङ्गको रूपमा संविधानले व्यवस्था गरेकाले अब संसद्को स्थायी संरचना आवश्यकता देखिन्छ । संसद् सचिवालय सिंहदरबारमा रहेकाले संसद् बैठकको दिन कर्मचारीलाई कागजपत्र ओसार्ने झन्झट हुँदै आएको छ ।

संसद् बैठक सकिएपछि नयाँ बानेश्वरको भवनलाई तालाचाबी लगाएर कर्मचारी फेरि सिंहदरबारमै फर्किने गर्छन् । यस्तो अवस्थाले कति दिन चल्ने भन्ने बहस भएपछि २०७६ देखि नयाँ संसद् भवन बनाउने निर्माणको ठेक्का दिइएको थियो । २०७६ असोजमा संसद् भएको शिलान्यास भएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !