२१ बैशाख २०८१, शुक्रबार

अतिरिक्त शुल्क नबुझाउँदा पढाइबाटै वञ्चित


सुर्खेत मेडिकल कलेज

काठमाडौं । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्।

विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन्।

यी कलेजले ४० लाखसम्म अतिरिक्त शुल्क मागेका छन्। जसमध्ये ४ लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थीको भनाइ छ।

चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले तोकिएभन्दा बढी शुल्क नलिन निर्देशन दिए पनि कलेज सञ्चालकले त्यसको पालना गरेका छैनन्। नोबेल मेडिकलका प्रिन्सिपल प्रा।डा।रामहरि घिमिरेले अतिरिक्त शुल्क लिएको स्वीकार गरे।

‘शुल्क तिरेकाहरूले पढिरहेका छन्’, प्रिन्सिपल प्रा।डा। घिमिरेले भने, ‘नतिरेकाहरू आएका छैनन्।’ नोबेल मेडिकल कलेज, मणिपाल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्साशास्त्रअन्तर्गत एमबीबीएसको कक्षा सुरु भइसकेको छ।

तर, यीमध्ये मणिपालले प्रवेश दिए पनि अतिरिक्त शुल्कको तनाव दिन थालेको विद्यार्थी बताउँछन्। नोबेलले अतिरिक्त शुल्क नतिर्नेलाई सुरक्षा गार्ड लगाएर बाहिर निकालेको जनाइएको छ।यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !