२० बैशाख २०८१, बिहिबार

धमाधम राजीनामा दिँदै शिक्षक


शिक्षक

काठमाडौं । सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् ।

निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो ।

फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका लागि रहेको पाइएको छ ।

राष्ट्रिय किताबखाना (शिक्षक)का महानिर्देशक रामराज खकुरेलले राजीनामा सनाखतका क्रममा कतिपय शिक्षकले केही समयपछि स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसमा उम्मेदवारी दिन अहिलेदेखि नै तयारी गर्न राजीनामा दिएको पनि बताएको जनाउनुभयो ।

“राजनीतिक दलको महाधिवेशन प्रतिनिधि बनेका वा विभिन्न पदमा उम्मेदवारी दिएका कतिपय शिक्षकले सेवाबाट राजीनामा दिएर इमानदारी देखाए । उनीहरूले सक्रिय राजनीति नै रोजेका छन् ।” बितेको दुई सातामा निवृत्तिभरणका लागि ३६७ जना, उपदानका लागि २५ जना र प्राविधिक ग्रेड कायम गर्न ७७ जना गरी ५०७ जना शिक्षकले आवेदन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !