४ जेष्ठ २०८१, शुक्रबार

३१ सय बढी विदेशीलाई देश निकाला


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

काठमाडौं । पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।

त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ । त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !