१४ बैशाख २०८१, शुक्रबार

लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब


केपी शर्मा ओली र माधव नेपाल

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ ।

नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ । ओलीलाई दबाब दिने रणनीति स्वरुप नेपाल पक्षले प्रदेश १ र बागमती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ ।

विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न थालेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !