१४ बैशाख २०८१, शुक्रबार

माओवादीले समर्थन फिर्ता लिँदै, ओलीको राजीनामा कहिले ?


प्रधानमन्त्री ओलीले बालुवाटारमा बालबालिकाहरुसँग गरेको अन्तर्क्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंक गणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् ।

माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएपछि प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन् । यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका छन् ।

प्रधानमन्त्रीको यस्तो भनाइपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार दर्ता गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई हटाउन माओवादी केन्द्रलाई साथ दिने र नयाँ सरकार बनाउन अग्रसरता लिने जनाएपछि ओली निकै आक्रोशित बनेका छन्।

एक सय ६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक निर्माणको शनिबार शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले अहिलेको संसद्मा रहेको अंकगणितलाई परिवर्तन नगरी नहुने बताए। ‘संसद्मा यस्तै हो, कहिलेकाहीं देशको आवश्यकता र संसद्को अंकगणितमा फरक पर्छ। कहिले कृत्रिम ढंगले संसद्को गणित यताउता हुन्छ’, ओलीले भने। आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेको छ ।।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !