२१ बैशाख २०८१, शुक्रबार

खनाल-नेपाल समूहले भन्यो, ‘नेपाल-रावल माथिको कारबाही लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र हो’


माधव नेपाल र भीम रावल

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले दुई नेतामाथि भएको कारबाहीले पार्टी मात्र नभई लोकतन्त्र नै समाप्त पार्ने निष्कर्ष निकालेको छ । एमालेको अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने सोमबार निर्णय गरेको थियो ।

मंगलबार नेपाल समूहका ११ सदस्यीय स्थायी समितिको बैठकले अध्यक्ष ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल र बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने निष्कर्ष निकालेको हो ।

यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजन गरी छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो बैठकपछि निकाललिएको संयुक्त वक्तव्यमा भनिएको छ यस्तो पार्टी विधान, पद्धति र मान्यताविपरीतको कार्यको हामी भत्र्सना गर्दछौं ।

अध्यक्ष ओली आफैं पार्टी विधानविपरीत चलेको भन्दै नेपाल समूहले कारबाही नमान्ने बताएको छ । हामी उहाँले जतिसुकै मान्छेलाई कारबाही गरे पनि त्यो हामी मान्दैनौं किनकि उहाँले गरेको कारबाहीलाई नेकपा एमालेको विधानले चिन्दैन ।  यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !