२२ बैशाख २०८१, शनिबार

नयाँ सरकार गठनबारे काँग्रेसमा दुई धार, १० दिनभित्रै प्रधानमन्त्री ओलीको जाने पक्का


कांग्रेस बैठक

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ ।

काँग्रेसभित्र सभापति शेरबहादुर देउवा तत्कालै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने परिस्थिति बनेको बताउँदै आइरहेका छन् । काँग्रेस महामन्त्री डा. शशांक कोइराला भने केही दिनभित्रै काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् ।

सभापति देउवा स्थिति परिपक्व बनेपछि मात्र सरकारको नेतृत्व गर्ने बताइरहँदा महामन्त्री कोइराला भने हप्ता १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वस प्रस्ताव दर्ता हुने र काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् ।

कोइरालाले बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा केही दिनमा नै ओलीविरुद्ध अविश्वासको प्रस्तावअघि बढ्ने र काँग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने दाबी गरेका हुन् । तर, काँग्रेस सभापति देउवाले भने सरकारको नेतृत्व गर्ने परिपक्व वातावरण नबनेको बताउँदै आइरहेका छन् । उनले विकसित राजनीतिक अवस्थामा सुरुदेखि नै सो धारणा राख्दै आइरहेका हुन् ।आजको राजधानी दैनिकमा समाचार छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !