१४ बैशाख २०८१, शुक्रबार

धनगढी विमानस्थल आंशिक रूपमा १ महिना बन्द हुने


१ मंसिर, कैलाली । धनगढी विमानस्थलको मर्मतका काम पुरा गर्नको लागि आइतबारदेखि १ महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । यससँगै धनगढी–काठमाडौं–धनगढीका उडान प्रभावित हुने भएका छन् । मर्मतकै कामका लागि यसअघि १ महिना बन्द गरिएको थियो । मर्मतको थाती काम पूरा गर्न पुनः बन्द गर्न लागिएको हो ।

धावनमार्ग र पार्किङ्गस्थल निर्माणका लागि आइतबारबाट दिउँसो ३ बजेदेखि अर्को दिन बिहान ७ बजेसम्मका लागि एक महिनासम्म विमानस्थल बन्द रहने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए । उनकाका अनुसार, विमानस्थलको १ हजार ८ सय मिटर लामो धावनमार्गमध्ये ४ सय २० मिटर काम बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !