१४ बैशाख २०८१, शुक्रबार

आज कार्तिक १३ गते सार्वजनिक बिदा


सार्वजनिक बिदा

कार्तिक १३, काठमाडौं । नेपाल सरकारले आज कार्तिक १३ गते बुधबार सार्वजनिक विदा दिएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । आजको दिन नेवार समुदायले भाइटीका मनाउँदैछन् ।

काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए । सोही क्रममा केही दिनअघि नेवार समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यो विषयमा छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्री ओली सार्वजनिक विदा दिन सकारात्मक भएका थिए । त्यसलगत्तै मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !