१४ बैशाख २०८१, शुक्रबार

सेतो मत्स्येन्द्रनाथ रथ यात्रा सुरू


११ चैत, काठमाण्डौ । चैत शुक्ल अष्टमीका दिन सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा पनि शुरु गरिन्छ ।

आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मत्स्येन्द्रनाथको रथयात्रा आजै सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।

आजैका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई असनसम्म, दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ । चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मत्स्येन्द्रबहालसम्म यात्रा चलाइन्छ ।

मत्स्येन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !