१४ बैशाख २०८१, शुक्रबार

पुलिसलाई हराउँदै थ्रीस्टारले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि


३ चैत, बुटवल । २० औँ तिलोत्तमा गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ ।
एन्फा टेक्निकल सेन्टर बुटवलमा भएको खेलमा थ्रीस्टारले नेपाल पुलिसलाई २ शून्य गोल अन्तरले हराएको हो । थ्रीस्टारका लागि पहिलो गोल निराजन खड्काले गरे भने पुलिसका रविन श्रेष्ठले आत्मघाती गोल उपहारका रुपमा थ्रीस्टारले पाएको हो ।
विजेता थ्रीस्टारले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै उपविजेता पुलिसले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाएको छ ।
थ्रीस्टारले योसहित यो सिजनमा तीन वटा उपाधि जितिसकेको छ । यसअघि थ्रीस्टारले मदन भण्डारी गोल्डकप तथा बुढासब्बा गोल्डकपको उपाधि जितिसकेको छ ।
थ्रीस्टारका खेलाडी निराजन खड्काले मस्ट भ्यालुएबल प्लेयर्सको अवार्ड हात पार्दै स्कुटर पाएका छन् । उनले यसअघि २० औँ बुढासुब्बा गोल्डकपमा पनि मस्ट भ्यालुएबल प्लेयर्सको पुरस्कार पाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !