१४ बैशाख २०८१, शुक्रबार

तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस प्रवेश


Nepal police Fc

२८ फागुन, बुटवल । सशस्त्र प्रहरीको एपीएफ क्लबमाथि कठिन जित निकाल्दै नेपाल पुलिस तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अाइतबार देवीनगरमा भएको खेलमा पुलिसले अर्को विभागीय टोली एपीएफमाथि १-० को जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसका तेज तामाङले खेलको ७२ औं मिनेटमा गरेको गोल नै टिमको जितका लागि निर्णयक बन्यो । तामाङ नै खेलको म्यान अफ दि म्याच घोषित भए ।

पुलिसले सेमिफाइनलमा आयोजक रुपन्देही ११ को सामाना गर्ने छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत अाज थ्रीस्टार र फ्रेन्डस क्लब भिड्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !