१४ बैशाख २०८१, शुक्रबार

बिश्व हिन्दु महासंघको युवा बिभाग प्रमुखमा नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह


ऋषिकेश जंग शाह

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहलाई विश्व हिन्दु महासंघले युवा विभागको प्रमुखको जिम्मेवारी दिएको छ । विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले महासंघले विद्यार्थी नेता शाहलाई कार्यकारिणी सदस्यमा मनोनित गरेर युवा विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

नेविसंघका पूर्वउपाध्यक्ष शाहले नेपाललाई विकाशीत मुलुकमा रुपान्तरण गरेर बलियो अर्थतन्त्र बनाउन नेपालले पूर्वीय दर्शनका मूल्य-मान्यतालाई बोकेर अगाडि बढ्नुपर्ने अभियान सञ्चालन गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !