१४ जेष्ठ २०८१, सोमबार

अतिविपन्नलाई राहत वितरण


Sjf/]G6fOgnfO{ vfB ;fdu|L ag]kf, !& r}tM sfe|] pBf]u afl0fHo ;ª3 ag]kfn] ag]kf gu/kflnsf–^ a’8f]nl:yt g]kfn /]8qm; ;f];fO6Lsf] tfnLd s]Gb| ejgdf lgdf{0f ul/Psf] Sjf/]G6fOgsf] nflu pknAw u/fPsf] vfB ;fdu|L cfOtaf/ ;ª3sf cWoIf k|sfz dfgGw/n] ;xfos k|d’v lhNnf clwsf/L nIdLb]jL x’FdfufO{nfO{ x:tfGt/0f ub}{ . tl:a/M k]df nfdf÷/f;;

सिञ्जा, २ जेठ । लकडाउनको समयमा जुम्लाका अतिविपन्न ३५ जना अपाङ्गता भएकालाई राहत वितरण गरिएको छ ।

सिबिएम नेपालको सहयोगमा आइएनएफ तथा अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रले सञ्चालन गरेको सवलता परियोजनाअन्तर्गत दृष्टिविहीन, ह्विलचेयर र शारीरिक अपाङ्गता भएका अतिअशक्तलाई चामल, दाल, तेल, दुई नुन र आठ डिटोल साबुन वितरण गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पातारासीमा–१३, चन्दननाथमा १४, तातोपानीमा तीन, सिञ्जामा एक र तिलाका एकजनालाई राहत दिइएको छ ।

परियोजना सुपरभाइजर गङ्गा देवानका अनुसार खाना अभाव भएका ती व्यक्तिको तथ्याङ्क सङ्कलन गरी स्थानीय वडा कार्यालयको समन्वयमा सहयोग गरिएको हो । अति आवश्यक व्यक्तिलाई राहत दिएपछि सानो भए पनि राहत गुणस्तरीय र राम्रो भएको पातारासी गाउँपालिका– ४ का अध्यक्ष कालीबहादुर बुढाले जानकारी दिनुभयो

केन्द्रका अध्यक्ष नन्दराज धितालले स्थानीय सरकारले तथ्याङ्क सङ्कलन गरेर राहत र जीविकोपार्जनमा सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो । राहत पाएपछि अपाङ्गता भएका व्यक्ति खुशी भएका छन् । चन्दननाथ नगरपालिका–९ का पशुपति शाहीले खुशी व्यक्त गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !