२४ बैशाख २०८१, सोमबार

प्रेस स्वतन्त्रताको सम्मान गर्न माग


सञ्चारकर्मी

काठमाडौँ, वैशाख १८ । नेपाल पत्रकार महासंघले वाह्खरी डटकमका पत्रकार केशवराज जोशीलाई प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बानेश्वरबाट थापाथलीस्थित कार्यालय जाँदै गदाँ बानेश्वर चोकमा भिडियो खिच्दै गर्दाको अवस्थामा प्रहरीले पत्रकार जोशीलाई दुर्व्यवहार गर्नुका साथै पत्रकार परिचयपत्र खोसेर १० मिनेट होल्डमा राखेका थिए ।

पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यस किसिमको ज्यादतीले प्रेस स्वतन्त्रतामा आघात पुगेका महासंघको ठहर छ । महासंघ प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदो¥याउन सम्बन्धित निकायसँग माग गरेको छ ।

यसैगरी वैशाख १७ गते नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा अनलाइन खवर डटकमका सम्वाददाता सुवास पण्डितलाई लक्षित गरी अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति निकालेर धम्क्याएको घटनाप्रति पनि महासंघको ध्यानाकषर्ण भएको बताएको छ ।

चितवनमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट स्वास्थ्य सामग्री बाहिरिएको र खर्च प्रक्रियामा अनियमितता भएको विषयमा समाचार प्रकाशित भएपछि पण्डितलाई यस किसिमले धम्की दिइएको महासंघ चितवन शाखाले जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै सार्वजनिकरुपमा विज्ञप्ति निकालेर धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसविरुद्ध हुने यसखाले घटनाको कडारुपमा भर्त्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदो¥याउन सम्बन्धित निकायसँग माग गरेको छ ।

साथै, कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई सबै पक्षबाट सहज र सुरक्षितढंगबाट काम गर्ने वातावरण बनाउन कार्यमा सघाउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !