२२ बैशाख २०८१, शनिबार

स्कूल सञ्चालक मृत फेला


मृत्यु

घोडाघोडी, १२ वैशाख । कैलालीको गौरीगङ्गा नगरपालिकास्थित बिहानी क्षितिज इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक कृष्णप्रसाद भुसाल मृतावस्थामा फेला परेका छन् ।

गौरीगङ्गा नगरपालिका–९ बसोबास रहेका ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका–१० मा रहेको कैलाशधाम मन्दिर क्षेत्रमा फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शवको आँखा, मुख र घुँडामा चोट देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेका छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !