५ जेष्ठ २०८१, शनिबार

पोखराको टुँडिखेलमा यस बर्ष पनि दशैं फुलपाती महोत्सव हुने


भाद्र २९, पोखरा | पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ बगरमा रहेको इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा यस बर्ष पनि दशैं फुलपाती महोत्सव हुने भएको छ । आउदो असोज ७ गतेदेखी १२ सम्म उक्त महोत्सव पोखराको पुरानो टुडिखेलमा संचालन हुने भएको  पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका सह–संयोजक हिट्लर घलेले बताए ।

६ दिन चल्ने प्रतियोगिताको तयारी तिव्र पारिएको जानकारी गराउदै सह–संयोजक घलेले हाल महोत्सवमा सहभागि स्टलहरुको बुकिङ भईरहेको जनाए । महोत्सवमा हिमाल पारीका भेडा, च्याङग्रा देखि दैनिक उपभोग्य बस्तुहरुको बिक्रि वितरण हुने भएको उनले बताए । महोत्सवमा वडा दशैं पर्वमा प्रयोग हुने दैनिक उपभोग्य बस्तु देखि हस्तकलाको सामाग्रिहरुको समेत विक्रि वितरण हुने भएको छ ।

उनले भने “ यो ऐतिहासिक हार्ट मेला परम्परागत रुपमा संचालन हुदै आएकोमा हामीले केहि व्यबस्थित गरी उपभोक्ताहरुलाई सेवा दिने उद्धेश्यले उक्त महोत्सव आयोजना गर्न लागेका हौं । ” यस पटक पोखरामा करिब १५ हजार भेडा च्याङग्रा भित्रिने र महोत्सव स्थलमा करिब २० वटा खोर भेडा च्याङग्राको हुने सह–संयोजक घलेले जनाए । यस बर्ष भेडा च्याङग्राको मुल्य समेत केहि बृद्धि हुने उनले जनाए । उनका अनुसार २५ हजार देखि माथि ३० हजारसम्म प्रति भेडा, च्याङग्राको मुल्य पर्ने छ ।

महोत्सवमा भेडा, च्याङ्ग्राको स्टलबाहेक अन्य ३० वटा स्टल रहने केन्द्रका सदस्य असोक पराईले बताए । महोत्सवमा बाल उद्यान सहित विभिन्न सांस्कृतिक कार्यक्रम एवं मनोरन्जनका कार्यक्रम हुने भएको छ। कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकारहरु पशुपति शर्मा, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, ज्योति मगर, प्रिती आलेलगायतको प्रस्तुती रहने सदस्य रुपक कोइरालाले जनाए । उक्त महोत्सव सम्पन्न गर्न करीब ६ लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सबाट करीब १० लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ । बचत भएको रकम ईन्द्रेणी फुटवल एकेडेमीमा खर्चिने भएको छ । २०३७ सालमा स्थापित क्लवले गत असारबाट १० वर्ष, १२ वर्ष र १४ वर्ष मूनिका खेलाडी समावेश ६० जना वालकहरुलाई फुटवल एकेडेमीमा सहभागि गराएको छ । पोखरामा फुटवल खेलाडीहरुको पछिल्लो क्रममा कम उत्पादन भएकोले गर्दा खेलाडी उत्पादन गर्ने उद्धेश्यले गर्दा उक्त एकेडेमी संचालन गरिएको सदस्य कोइरालाले जनाए । पत्रकार सम्मेलन केन्द्रका सदस्य रुपक कोईराको अध्यक्षतामा सम्पन्न भएको थियो।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !