२२ बैशाख २०८१, शनिबार

जनप्रतिनिधिहरुले आफ्ना कार्यकर्तालाई मात्र राहत बाँडिरहेका छन् : रबि लामिछाने


रबि लामिछाने

काठमाडौँ, १० वैशाख । चर्चित पत्रकार रबि लामिछानेले सरकारले गरेको राहत बितरण  प्रभावकारी नभएको बताएका छन् । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि जनताहरुलाई सरकारले वितरण गरेको राहतको नाममा कतिपय स्थानीय जनप्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेको आरोप लगाएका छन् ।

भ्रष्टाचार विरोधी ज्ञानेन्द्र शाहीले खाना खुवाउने काम गरेपनि सरकारले हस्तक्षेप गरेर शाहीलाई पक्राउ गर्नु गलत भएको बताएका छन् । लामिछानेले शाहीलाई रिहा गर्नको लागि आग्रहसमेत गरेका छन् ।

आफ्नो फेसबुकमा स्टाटस लेख्दै लामिछानेले लेखेका छन्, “के गरेछन् र पक्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाईखाना खुवाउने  काम गरेछन् । सरकारले राहत बितरण गरेको होला तर त्यो प्रभावकारी भएको छैन । कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेकापनि छन् । यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो । लकडाउनको उल्लंघन नहुने गरि स्थानीय प्रशासन सङ समन्वय गरेर,सक्नेले सहयोग गर्ने बेला नै यहि हो । अन्य अपराध गरेका भए बेग्लै कुरा तर महामारीका बेला भोका लाई खाना खुवाउने लाई धन्यवाद दिने हो,सजाय दिने होइन । बिकृतिको चाङमा उभिएको सरकारका बिरोधमा ज्ञानेन्द्रले अलि कडा बोले होलान्,तर भ्रस्टाचार गर्नेलाई समाउने कि भ्रस्टाचार विरुद्ध बोल्नेलाई समाउने ? भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्रशासनले ज्ञानेन्द्र शाहीलाई रिहा गरोस्।ज्ञानेन्द्र जी ले पनि स्थानीय निकायसँग समन्वय गरेर राहत कार्यक्रम संचालन गर्नु पर्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !