२६ बैशाख २०८१, बुधबार

विद्युत् आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन विशेष अभियान


हेटौँडा, १ वैशाख । विद्युत् वितरण केन्द्र टाँडीले लकडाउनको समयमा पनि विद्युत् आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन विशेष अभियान शुरु गरेको छ ।

विद्युत् आपूर्तिमा समस्या आउन नदिन तथा निरन्तर अनुगमनका लागि २४ घण्टै प्राविधिकसहित कर्मचारी खटाइएको केन्द्रका प्रमुख चुटनकुमार श्रीवास्तवले बताउनुभयो । करिब ६० हजार विद्युत् मिटर लिने ग्राहक रहेको सो केन्द्रमा विद्युत् महसुल भुक्तानका लागि इ–सेवासमेत शुरु गरिएको बताइएको छ ।

लकडाउनका कारण सेवाग्राहीलाई विद्युत् कार्यालयमा भीडभाड र जमघट हुन नदिन भिडियो क्लिप एसएमएस तथा कर्मचारीको मोबाइलबाट विद्युत् मिटरको रिडिङसमेत गराउने व्यवस्था गरिएको र त्यसअनुसार काम गरिरहेको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो । मासिक रु छ करोड विद्युत् राजश्व सङ्कलन हुने सो केन्द्र उपभोक्तको फोनमार्फत घरघरमा गएर विद्युत् मिटर जडान हुने गरेको बताइएको छ ।

कोराना भाइरसबाट जोगिन कार्यालयभित्र सेनिटाइजर, साबुनपानी तथा मास्कसमेत व्यवस्था गरिएको प्रमुख श्रीवास्तवले बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा सो केन्द्रले विद्युत् चुहावट गर्ने २३४ जनालाई कारवाही गरिएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !